अमरदीपको ‘दिनरात सधैं सधैं’ रिलिज

७ चैत २०८० ९:१६

गीतकार अमरदीप सुनुवारको ‘दिनरात सधैं सधैं’बोलको गीत सार्वजनिक गरिएको छ। उपसचिवसमेत रहेका सुनुवारले दोस्रो प्रस्तुति ‘दिनरात सधैं सधैं’को म्युजिक भिडियो लिएर आएका हुन् ।

‘दिनरात सधैं सधैं’बोलको गीतमा अमरदीप सुनुवारको शब्द, वरिष्ठ संगीतकार शान्तिराम राईको संगीत र भ्वाइस अफ नेपालका विजेता विनोद राईको स्वर रहेको छ ।

सुनुवारको गीतमा घरबाट टाढा रहँदा गाउँमा रहँदाको याद स्मरण गराएको छ। वैदेशिक रोजगारीको कारण नेपाली विदेशिएपछि पाउने दुःख र कष्टलाई गीतले मार्मिक ढंगमा उँधिनेको छ। गीतमा गाउँको यादले चाँडै घर फर्कन मन लागेको अभिव्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *