प्रिमियरमा ‘महाजात्रा’लाई सकारात्मक प्रतिकृया

७ चैत २०८० ८:१२

आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘महाजात्रा’को काठमाडौंमा प्रिमियर गरिएको छ। चलचित्र निर्माण युनिटले मंगलबार बेलुका सुन्धाराको सिभिल मलस्थित क्यूएफएक्स सिनेमाजमा प्रिमियरको आयोजना गरेको हो।

आयोजित प्रिमियरमा यो चलचित्रका मुख्य कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, दिव्य देव, राजाराम पौडेल, शिशिर वाङ्देल लगायत पुगेका थिए।

त्यस्तै, आयोजित प्रिमियरमा मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, किरण केसी, जितु नेपाल, निर्मल शर्मा, दयाहाङ राई, निशा अधिकारी, केकी अधिकारी, ऋचा शर्मा, दीपाश्री निरौला, प्रकाश सपुत, रामबाबु गुरुङ, पूर्णेन्दु झा, सौरभ चौधरी, गजित विष्ट, सुशील श्रेष्ठ, अरुण क्षेत्री, आश्मा विश्वकर्मा लगायत उपस्थित थिए ।

प्रिमियर हेरेपछि अधिकांशले यो चलचित्रको कथावस्तु, कमेडी संवाद र कलाकारको अभिनयको तारिफ गरे । यो चलचित्रको पहिलो हाफ कमेडी नै कमेडीले भरिएको छ भने दोस्रो हाफमा देशको राजनीतिक अवस्था र निर्दोषहरुले भोग्नु परेको पीडालाई चलचित्रको पर्दामा देखाइएको छ।

यो चलचित्रमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ भने चलचित्रको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् । प्रिमियरमा साकारात्मक प्रतिकृया पाएको यो चलचित्रले बक्स अफिसमा बिष्फोटक व्यापार गर्ने अपेक्षा धेरैको छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, राजाराम पौडेल, दिव्य देव, गौमाया गुरुङ लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *