निर्देशक दिनेश राउतको निर्देशन रहेको मल्टीस्टारर चलचित्र ‘पुजार सार्की;को छायांकन सकिएको छ। सुटिङ थालएको ४८ औं दिनमा चलचित्रको सम्पूर्ण छायांकन सकिएको निर्माणपक्षले जनाएको छ।

निर्देशक राउतले मंगलबार दुई तस्बिर सेयर गर्दै ‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीतको अन्तिम छायांकनसँगै अब यो चलचित्रको सम्पूर्ण छायांकन सकिएको बताएका हुन्। उनले लेखेका छन्,-छायांकनका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण कास्कीकोटबासी लगायत “पुजार शार्की”को पूरै टिमप्रति आभार व्यक्त गर्न चाहान्छु।’
यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए । चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन्।

चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायतका कलाकारको अभिनय छ। बराइलीले यसअघि चलचित्र ‘महापुरुष’मा अभिनय गरेकी थिइन् । परिक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’मा अभिनय गरेकी छन् ।