विराजको ‘१२ गाउँ’मा साउथका एक्सन कोरियोग्राफर स्टन्ट सिल्भाको इन्ट्री

६ चैत २०८० १२:१५

अभिनेता विराज भट्टले आगामी एक्सन-थ्रीलर चलचित्र ‘१२ गाउँ’मा दक्षिण भारतीय एक्सन कोरियोग्राफर स्टन्ट सिल्भासँग सहकार्य गर्ने भएका छन् ।

आगामी वैशाखदेखि छायांकन सुरु गर्ने यो चलचित्रको निर्माण कम्पनी विराज भट्ट प्रोडक्सन र स्टन्ट सिल्भासँग सम्झौता भएको हो। तमिल चलचित्र एक्सन कोरियोग्राफी गरेका उनले नेपाली चलचित्रमा डेब्यु गर्न लागेका हुन् ।

अभिनेता भट्टले सामाजिक सञ्जालमार्फत सिल्भा गर्दै सँगको फोटो सेयर गर्दै लेखेका छन्, ‘सिल्भा गुरु, नेपालमा स्वागत छ । तपाईंसँग काम गर्न पाउनु सम्मानको कुरा हो ।’ केही दिनदेखि विराजसँगै काठमाडौंमा रहँदै आएका सिल्भाले कोरियोग्राफी सिक्वेन्सको योजना बुनिरहेका छन् ।

नेपाल र भारतमा सम्पूर्ण छायांकन गरिने यो चलचित्रको लागि विराज र सिल्भाबीच भारतको दक्षिणी सहर चेन्नईमा भेट भएको थियो । उक्त भेटमा भट्टले एक्सन निर्देशनको प्रस्ताव स्टन्ट सिल्भालाई राखेका हुन्। सिल्भाले एसएस राजामौलीको चलचित्र ‘छत्रपथी’सहित यमदोंगा, केडी, पञ्चाक्षरी, मार्गाजी १६, वेलायुधम, मारी २, करुंगापियम लगायतका चलचित्रहरुमा काम गरिसकेका छन्।

त्यस्तै, अभिनेता विराज भट्टको पहिलो निर्माण तथा निर्देशन रहेको चलचित्र ‘साङ्लो’ हो। यो चलचित्र उनको दोश्रो निर्माण तथा निर्देशन हो। यो चलचित्रको लाइनअफ हेर्दा उनको यो दोश्रो चलचित्र रोचक हुने पक्का छ। यो चलचित्रको लागि विराजले मुख्य भिलेनमा कनिज कोइराला र पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्कालाई मुख्य भूमिका फाइनल गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *