निर्देशक प्रदीप शाहीको लेखन तथा निर्देशनमा निर्माण गरिने ‘अनटाइटल’ चलचित्रको नाम सार्वजनिक गरिएको छ। विशेष सुत्रका अनुसार चलचित्रको नाम ‘एक्लो’ राखिएको छ । निर्माणपक्षले नायक प्रदीप खड्का र नायिका बेनिशा हमाललाई यो चलचित्रमा अनुवन्धित गरेको भएतापनी चलचित्रको नाम सार्वजनिक गरिएको थिएन्।
साइ-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुने यो चलचित्रलाई शाइ प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य गर्नेछ। चलचित्रमा पछिल्लो समय व्यस्त रहेकी हमाल प्रदीप खड्का संग पहिलो पटक स्क्रिन शेयर गर्दै छिन्।
चलचित्रको अन्य कलाकार तथा प्राविधिक फाइनल हुन बाँकी रहेको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ ले बताए । गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘अन्तीम संस्कार’ बाट तारीफ बटुल्न सफल निर्देशक शाहीले चलचित्रमा मिथिकल इलेमेन्टहरु पनि रहेको जानकारी दिए।
प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो चलचित्र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ ले अमाजोन प्राइममा राम्रो दर्शक पाउन सफल बनेको थियो।