निर्देशक बस्नेतको ‘बद्री बहादुर’लाई सहयोग गर्ने कपिल शर्माको प्रतिबद्दता

६ चैत २०८० ६:३१

निर्देशक शोभित बस्नेतको आगामी चलचित्र ‘बद्री बहादुर’ प्रदर्शनको तयारीमा छ । चैत्र २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो चलचित्रका निर्देशक बस्नेत केही समय पहिले मुम्बई गएका थिए । त्यही क्रममा उनी कपिल शर्माको द कमेडी नाइटस विथ कपिल शर्मा शोको सेटमा पुगेका थिए । सोही क्रममा निर्देशक बस्नेतले भारतीय चर्चित कमेडियन कपिल शर्मालाई भेटेका हुन् ।

त्यसैक्रममा कपिल शर्माले चलचित्र ‘बद्री बहादुर’को प्रचारमा सहयोग गर्ने बताएका थिए। कपिलले आफू नेपाली चलचित्रको प्रचार गर्न तयार रहेको बताएको निर्देशक बस्नेतले जानकारी दिए । सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको यो चलचित्र एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे यो चलचित्रको निर्मातामा रहेको यो चलचित्रमा विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा भीएफएक्स र सह निर्माता समिर मिया, सम्पादन बन्दे प्रसाद रहेको छ।

आरआर फिल्म्सले वितरण गर्ने यो चलचित्रलाई काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो । निर्देशक शोभित स्वयंमको निर्देशन रहेको चलचित्रको सह निर्देशनमा रामजी राउत र ज्ञानकुमार कटेल छन्।

चलचित्रमा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको मुख्य भूमिका छ भने विशेष भूमिकामा पूजा शर्मा, सलोन बस्नेत र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *