भीष्म जोशीको शब्दमा ‘समय र उमेर’ सार्वजनिक

६ चैत २०८० ५:०२

सुविन सेन्चुरी र समीक्षा दाहालको स्वरमा रहेको नयाँ म्युजिक भिडियो ‘समय र उमेर’ सार्वजनिक भएको छ। विद्यालय उमेरको प्रेमभाव र बाल्यकालीन स्मृतिका बिम्बहरूलाई सङ्ग्रहित गरी रङ्गकर्मी भीष्म जोशीले नयाँ साङ्गीतिक कोशेलीका रूपमा गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

गीतमा भीष्म जोशीका शब्द तथा सविन सेन्चुरीकै सङ्गीत रहेको गीतको भिडियोमा रङ्गकर्मी जोशीसहित रिस्ता बस्नेत, नेहा शाही, रवीन्द्र थापा लगायतको अभिनय देख्न सकिन्छ । सुजय गौतमको छायाङ्कन तथा हेमन्त अधिकारीको ‘आर्ट डिरेक्सन’ रहेको गीतको भिडियोलाई रङ्गकर्मी जोशी स्वयंले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *