‘दबंग ४’ मार्फत चुलबुल पाण्डेले फेरी हलचल मचाउँदै

५ चैत २०८० ९:१८

सलमान खानले पर्दामा चुलबुल पाण्डेको भूमिका खेलेर फ्यानहरूको मन जित्न लागेका छन् । अरबाज खानले ‘दबंग ४’ को पुष्टि गरेका छन् । तर, अहिले फिल्मको चर्चा मात्रै भइरहेको छ । आगामी महिनाहरूमा यसबारे ठूलो घोषणा हुन सक्छ। यससँगै अरबाजले पनि फिल्मका लागि एट्लीलाई भेटेको विषयमा आफ्नो मौनता तोडेका छन् ।

सलमान खानका फ्यानहरुका लागि एउटा खुसीको खबर आएको छ । सबैको मनमा बस्ने भाइजान यो ईदमा ठूलो पर्दामा नदेखिन सक्छन् । तर उनले आगामी दिनमा हलचल मच्चाउने छन् । भर्खरै साजिद नाडियाडवालाले आउँदो वर्ष २०२५ को इदमा सलमानसँग धमाका गर्ने कुरा पुष्टि गरेका थिए भने अब अरबाज खानले पनि ब्लकबस्टर फ्रेन्चाइज ‘दबंग’ अर्थात ‘दबंग ४’ को चौथो भाग निर्माण गर्न लागेको कुरा पुष्टि गरेका छन् ।यसको मतलब ठूला पर्दाका चर्चित प्रहरी चुलबुल पाण्डे फर्किने भएका छन् ।

हालै सलमान र उनका भाइ अरबाज खानले ‘दबंग ४’का लागि ‘जवान’ निर्देशक एट्लीसँग भेट गरेको हल्ला चलेको थियो । अहिले ‘मिड-डे’सँग कुरा गर्दै अरबाजले आफूले एट्लीलाई कहिल्यै नभेटेको बताएका छन् । सलमान खानका कान्छो भाइ अरबाजले भने, ‘कसैले पनि यी अफवाहहरूमा विश्वास गर्नु हुँदैन जबसम्म उनीहरू आफैं यसको पुष्टि गर्दैनन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *