प्रदीपको ‘अनटाइटल’ चलचित्रमा प्रदीपको जोडी बेनिशा

५ चैत २०८० ६:३७

निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्काको जोडीको रुपमा बेनिशा हमाल फाइनल भएकी छन्। साइ-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुने यो चलचित्रको नाम सार्वजनिक गरिएको छैन्।

लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक शाहीले नै चलचित्रको कथा लेखेका हुन्। पछिल्लो समय व्यस्त रहेकी हमाल प्रदीप खड्का संग पहिलो पटक स्क्रिन शेयर गर्दै छिन्। शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहनेछ।

चलचित्रको अन्य कलाकार तथा प्राविधिक फाइनल हुन बाँकी रहेको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ ले बताए । गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘अन्तीम संस्कार’ बाट तारीफ बटुल्न सफल निर्देशक शाहीले चलचित्रमा मिथिकल इलेमेन्टहरु पनि रहेको जानकारी दिए।

नेपाली चलचित्रको बजार नेपालमा मात्र नभई विदेशमा र बिदेशी ओटीटी प्लेटफर्ममा पुर्याउनु पर्छ र नेपालीले पनि बिदेशी लेभलको चलचित्र निर्माण गर्न सक्छ भनेर देखाउने सोच रहेको निर्देशक शाहीले बताए।

प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो चलचित्र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ ले अमाजोन प्राइममा राम्रो दर्शक पाउन सफल बनेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *