पूर्वी रुकुममा दया र मिरुनाको ‘घरज्वाँइ’ इन्डक्ल्याप

५ चैत २०८० ५:०३

अनिल बुढामगरको निर्देशन रहेको चलचित्र ‘घरज्वाँइ’को छायांकन सकिएको छ । गत फागुनको ५ गतेबाट छायांकन सुरु गरिएको यो चलचित्रको एक महिनामा छायांकन सकिएको हो ।

जनक घर्ती मगरको निर्माणमा तयार भएको यो चलचित्रको सम्पूर्ण छायांकन पूर्वी रुकुमको लुगुम, तक्सेरा लगायतका स्थानमा गरिएको हो। यो चलचित्रमा निर्देशक अनिलकै कथा छ । अनिल बुढा मगर, विनोद खतिवडा र सुभाष कोइरालाको लेखनमा तयार भएको चलचित्रमा सुसन प्रजापतिको छायांकन, हर्क साउद र मनोज थापाको संगीत छ ।

यो चलचित्र प्रदर्शन मिति आउँदो बर्षको असार २८ गतेलाई तोकिएको छ । चलचित्रको कथावस्तुको बारेमा निर्माणपक्षले केही पनि खुलाएको छैन ।

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, राज थापा, कविता आले, अनु थापा, बिना थापा मगर, खबपु पुन, सोनाम लामा, बिबेश बुढा मगर र सुनिल मगरको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *