पहिलो सन्तानको रुपमा दीपिका र दिवाकरलाई पुत्र लाभ

५ चैत २०८० १:४५

नायिका दीपिका प्रसाईं तथा निर्देशक दिवाकर भट्टराईलाई पुत्र लाभ भएको छ। उनले चैत ४ गते आइतवार राति ८ः४५ मिनेटमा कान्तिपथस्थित ग्राण्डी सीटि हस्पिटलमा पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन्।

शल्यक्रियामार्फत छोरालाई जन्मदिएकी निर्देशक दिवाकरले जानकारी दिएका छन्। अहिले आमा र छोराको स्वास्थ्य अवस्था सामान्य छ ।

लामो प्रेम सम्बन्धपछि विवाह गरेका यो जोडीले विहेको लामोसमयपछि पहिलो सन्तानको रुपमा पुत्र प्राप्त गरेका हुन्। यसैबीच, दीपिकाले शनिवार बिहान आफ्नो गर्भवती अवस्थाका केही तस्विरहरु सार्वजनिक गर्दै ‘बच्चा जन्माउने निर्णय गर्नु आफैँमा महत्त्वपूर्ण कुरा हो ।’लेखेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *