राजेन्द्र लुइँटेलसहित पुष्प, श्रद्धा र माइकललाई राष्ट्रपतिको सम्मान

४ चैत २०८० ११:३२

गीतकार डाक्टर डीआर उपाध्यायले ‘अटल बाचा गरे’ बोलको गीतको म्युजिक भिडियो तिलिचो तालभन्दा माथि अर्थात ५ हजार १०५ मिटरको उचाइमा छायांकन गरेर ‘गिनिज बुक अफ वर्ल्ड’ रेकर्ड कायम गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले गीतकार उपाध्यायसँगै अभिनेता तथा निर्माता राजेन्द्र लुइँटेलसहित उनको टिमलाई राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा सम्मानित गरिएको हो ।

गिनिज बुकले यो गीतको अडियो तथा भिडियोसँग जोडिएका सर्जकहरुलाई ‘सहभागिता पत्र’ पठाएको हो । ‘तिलिचो ताल’ बोलको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।

भिडियोमा नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीले मोडलिङ गरेका छन् । शरद कुमार अधिकारीको स्वर, भेष प्रसाद श्रेष्ठको संगीत रहेको यो गीतको भिडियोमा उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन छ । राष्ट्रपति पौडेलले उनीहरू सबैलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा राष्ट्रपति पौडेलले विश्व कीर्तिमान मार्फत देशको नाम फरक ढंगबाट चिनाएकोमा सबैको प्रशंसा गरेका थिए । निर्माता लुइँटेलले यस अगाडि पनि विभिन्न काम मार्फत भारतको प्रतिष्ठित दादा साहेब इन्डियन टेलिभिजन अवार्ड, युरोपियन वर्ल्ड रेकर्ड, अमेरिका बुक अफ रेकर्ड लगायत थुप्रै सम्मान प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *