निर्देशक शंकर कार्कीको निर्देशन रहने नयाँ चलचित्र ‘सिड्नी ब्लूज’ निर्माण हुने भएको छ। यो चलचित्रमा नायक पुष्प खड्का र नायिका अञ्जना बराइलीको मुख्य भूमिका रहने छ।
जुन महिनाबाट सुटिङ हुने यो चलचित्रको ७० प्रतिशत अष्ट्रेलियामा र ३० प्रतिशत नेपालमा खिचिने निर्माणपक्षले जनाएको छ । यो चलचित्र छायांकनको रोचक कुरा के छ भने, नेपाली चलचित्रमा खासै प्रयोग नगरिएको ‘मिनचेर सेट र प्रोस्थेटिक मेकअप’को प्रयोग हुने निर्देशक कार्कीको भनाई छ ।
चार किसिमको लुक्समा प्रस्तुत हुने नायक पुष्पको लागि यो भूमिका चुनौतीपूर्ण हुनेछ । आर्ट मुभिजको प्रस्तुतिमा डी मिडियाले बनाउन लागेको यो चलचित्रलाई पौष महिनामा रिलिज गरिनेछ । आरती शाह निर्माता रहेको यो चलचित्रमा तारा नेपाली कार्यकारी निर्माता र धर्म सुवेदी एसोसियट निर्माताको रुपमा छन् ।
यो चलचित्रमा शिव आर ठकुरीको कथा, किरण घिमिरेको पटकथा, सुसन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।