म अस्पताल भर्नाको खबर झुटो हो : अमिताभ बच्चन

३ चैत २०८० १:०८

अमिताभ बच्चन अस्पताल भर्ना भएको खबर शुक्रबार जङ्गलको आगोझैँ फैलियो । साँझ, अभिनेता मुम्बईमा ‘ISPL T10’ खेलको मजा लिइरहेको देखियो, जहाँ उनीसँग सचिन तेन्दुलकर र अभिषेक बच्चन थिए। यहाँबाट निस्कने क्रममा अमिताभले मिडियासँग कुरा गर्दै आफ्नो अस्पताल भर्ना भएको खबर झुटो भएको बताए ।

अमिताभ बच्चनले अस्पताल भर्ना भएको खबरमा आफ्नो मौन तोडेका छन् । शुक्रबार उनलाई अस्पताल भर्ना गर्नुपर्ने खबर आएको थियो र उनलाई कोकिलाबेन अम्बानी अस्पतालमा भर्ना गरिएको बताइएको थियो । केही घण्टापछि अभिनेता अस्पतालबाट डिस्चार्ज भएको खबर आयो । अमिताभले मुटुको लागि नभई खुट्टामा भएको क्लटका लागि एन्जियोप्लास्टी गराएको पनि चर्चा थियो । बिग बीको ‘थ्याङ्क यू’ लेखिएको पोस्ट पनि यसैसँग जोडिएको थियो । तर अहिले अमिताभ बच्चन आफैंले सबै कुरा पानीजस्तै स्पष्ट पारेका छन् ।

उनलाई त्यहाँ देखेर मानिसहरू छक्क परे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *