एयरपोर्टमा देखिएकी दीपिका पादुकोणलाई मानिसहरूले यो के भने ?

२ चैत २०८० १४:२७

हालै, रणवीर सिंह र दीपिका पादुकोणले आफ्नो घरमा छिट्टै सानो पाहुना आउँदै गरेको खबर सोशल मिडियामा फ्यानहरूसँग उनले बाढ्दै दीपिका पादुकोणले यो खुसीको खबर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

भर्खरै गर्भवती भएको खुसीको खबर दिएकी दीपिका पादुकोण एयरपोर्टमा देखिएकी थिइन् । २९ फेब्रुअरीमा दीपिकाले आमा बन्ने खुशीको खबर फ्यानसँग सेयर गरिन् र त्यसपछि उनी जामनगरमा अम्बानीको समारोहमा रणवीर सिंहसँग देखिएकी थिइन् । दीपिकाका फ्यानहरु निकै खुसी छन् । दीपिकाले आजकल आफ्नो विशेष हेरचाह गरिरहेकी छिन् ।

दीपिकाको पछिल्लो भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ । यस भिडियोमा दीपिका एयरपोर्टबाट बाहिर निस्केको देखिएकी छिन् । दीपिका सेतो टी-सर्टसहितको ज्याकेटमा र खुल्ला कपडामा सहज देखिइन् । यो भिडियोमा दीपिकालाई देखेर उनका फ्यानहरुले प्रतिक्रिया दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *