डोल्पाबाट सुरुभयो ‘द्रौपदी’को छायांकन

२ चैत २०८० ७:३८

निर्देशक ऋषिराज आचार्यको निर्देशन रहने चलचित्र ‘द्रौपदी’को छायांकन सुरु गरिएको छ । बिहिबार डोल्पाको दुनैस्थित कालिका मन्दिरमा शुभ–मुर्हूत गर्दै चलचित्रको छायाङ्कन सुरु गरिएको हो ।

आजबाट छायांकन सुरु गरिएको यो चलचित्रको सम्पूर्ण छायांकन डोल्पा जिल्लामै गरिनेछ । ४ वर्ष लगाएर स्कृप्ट तयार गरिएको यो चलचित्र अन्तर्राष्ट्रिय बजारलाई मध्यनजर गरेर निर्माण गरिने निर्देशक आचार्य बताउछन्।

ऋषिराज आचार्य, बिष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली निर्माता तथा खेमराज भण्डारी र ऋतु आचार्य सह–निर्माता रहेको यो चलचित्रको लेखक पनि निर्देशक आचार्य नै हुन् । चलचित्रमा रबि ओडको संगीत रहने छ भने छायांकार मोहनकुमार झिल्लु हुन् ।

चलचित्रमा आश्विनी शाही, रबि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिष्णु ठडराई (सुबास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी लगायतका कलाकारको अभिनय रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *