‘दोश्रो सातामा ‘रङ्गेली’ रिलिज भयो दोश्रो ट्रेलर

२ चैत २०८० ७:०८

गत फागुन २५ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘रङ्गेली’को दोश्रो ट्रेलर रिलिज भएको छ। चलचित्र दोश्रो हप्तामा प्रवेश गरेसङै चलचित्रको दोश्रो ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार दयाहाङ, मिरुना, अर्पण थापालगायत प्रस्तुत छन्। ट्रेलरमा यो चलचित्रको मुख्य पात्र ‘विजय’को उदयलाई स्थान दिइएको छ ।

अर्जुन सुवेदीको निर्देशनमा तयार भएको यो चलचित्रको इन्डिङमा नायक आर्यन सिग्देलको ग्याङस्टर लुक्समा धमाकेदार इन्ट्री छ। दाजुको हत्याको बदला लिन उनी ग्याङस्टर लुक्समा प्रवेश गरेका छन्। चलचित्रको अन्तिममा नयाँ कलाकारको प्रवेश गराउँदै दर्शकलाई थप सरप्राइज समेत दिएका छन् ।

चलचित्रमा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत, सुशन प्रजापतिको छायांकन छ । जितेन्द्र खतिवडा र अनुज जंग थापा कार्यकारी निर्माता रहेको चलचित्रको संसार चौलागाई र रमेश भट्टराई निर्माता हुन् । युवक कार्की र शिव शंकर चौलागाई सह–निर्माता रहेको चलचित्रमा विवेक खड्का एसोसियट निर्माताको रुपमा छन्।

दया र मिरुनाको अलावा चलचित्रमा अर्पण थापाको मुख्य भूमिका छ । चलचित्रमा प्रवीण खतिवडा, रमेश वुढाथोकीको पनि अभिनय छ । चलचित्र २ घण्टा ३० मिनेट लामो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *