आँफैले भिडियो लिक गरेर दर्शकलाई आरोप लगाउन मिल्छ र निर्देशक ज्यु ?

२ चैत २०८० ६:३३

निर्देशक दिनेश राउत र लेखक विकास सुवेदीको सहकार्यमा निर्माण भैइरहेको चलचित्र ‘पुजार सार्की’को सेटबाट एउटा भिडियो लिक भएको छ । २५ सेकेन्ड लामो भिडियो युट्युबमा सार्वजनिक भएपछि यसको निर्माणपक्षले दृश्य लिक भएको बताएको हो ।

चलचित्रका मुख्य नायक प्रदीप खड्काले पनि चलचित्रको दृश्य लिक भएको भन्दै फेसबुकमा शेयर गरेका छन् । यता, निर्देशक दिनेश राउतले दृश्य लिक हुँदा तनाव भएको र यो भिडियो कसले लिक गरेर युट्युबमा सार्वजनिक गर्‍यो केही थाहा नभएको बताएका छन्।

चलचित्र छायांकन भएको स्थलबाट नायक आर्यन सिग्देलको २५ सेकेन्ड लामो नृत्यको दृश्य लिक हुँदा यसको निर्माणपक्षले साइबर क्राइममा उजुरी गर्ने, हटाउन लगाउने केही काम गरेको छैन । बरु, उल्टै दृश्य लिक भयो भन्दै चलचित्रको प्रचार गर्ने र उक्त भिडियोको लिंक सेयर गर्ने जस्ता काम गरिरहेको छ । सार्वजनिक भिडियोमा नायक आर्यन सिग्देल ढाका टोपी लगाएर छमछमी नाचेका छन् ।

चलचित्रको सुटिङ हेर्न आएका दर्शकले नै भिडियो खिचेर अपलोड गरेको तर्क दिँदै हिँडेका निर्देशक राउतले कतै यो फण्डा आँफैले त रचेका होइनन् ? यदी सुटिङ हेर्न आएका दर्शकले भिडियो खिचेर अपलोड गरेको भए किन भिडियो सेयर गर्दै बसेका छन् निर्माण युनिट ? साइबर क्राइममा उजुरी गरेर भिडियो हटाउन लगाउनु पर्ने होइन र ?

चलचित्र चलाउनकै लागि यो फण्डा रचिएको हो भने हाम्रो भन्नु केही पनि छैन्। तर, निर्माणपक्ष आफैले सुनियोजित रुपमा दृश्य लिक गरेर सुटिङ हेर्न आउने दर्शकले भिडियो लिक गरेको हो भनेर मिथ्या आरोप लगाउन मिल्छ र निर्देशक ज्यु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *