‘पिताम्बर’मा विपिन कार्कीको प्रवेश

१ चैत २०८० १२:४७

निर्देशक कृषा चौलागाईंको निर्देशनमा तयार हुने चलचित्र ‘पिताम्बर’मा नायक विपिन कार्कीको पनि प्रवेश भएको छ । विपिनको यो चलचित्रमा विशेष भूमिका रहने बुझिएको छ । नायक विपिनको प्रवेशसङै अब भने यो चलचित्रमा प्रदीप, सौगात र विपिन एकसाथ देखिने छन्। यी तीन स्टार एउटै पर्दामा देखिदा चलचित्र अब झनै रोमान्चक हुनेछ।

आउँदो बर्षको तिहारमा रिलिज गर्ने यो चलचित्र बिग बजेटमा निर्माण हुनेछ। चलचित्रको दोश्रो सेड्यूलको छायांकन वैशाखमा सुरु गरिने निर्देशक चौलागाईंले बताएकि छिन्।

केपी फिल्मस्को प्रस्तुतिमा पुरुषोत्तम प्रधान फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, प्रदीप भारद्वाजको कथा छ । चलचित्रमा विशाल चौलागाईंको लगानी रहनेछ ।

चलचित्रमा प्रदीप खड्का, सौगात मल्ल, विपिन कर्की, आँचल शर्मा, सुरक्षा पन्त, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, दिव्य देव, कामेश्वर चौरासिया सुपुष्पा भट्ट लगायतका कलाकारको अभिनय रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *