‘महाजात्रा’को हाइप उच्च – दर्शकका लागि प्रतिक्षित

१ चैत २०८० ९:४२

चैत्र ९ गते रिलिज तयारी गरेको चलचित्र ‘महाजात्रा’ यतिबेला चर्चामा छ। चलचित्र निर्माण टिमले दर्शकको ध्यान केन्द्रित गर्दै केही दिनदेखी मुख्य शहरहरुमा ‘महाजात्रा’को ‘महाकमेडी यात्रा’ पनि गरिरहेको छ। यसैले गर्दा पनि दर्शको लागि यो चलचित्र यो वर्षकै प्रतिक्षित बनेको हो।

यतिबेला चलचित्र युनिट पूर्वी नेपालमा विभिन्न कार्यक्रम गर्दैछ। पूर्वी नेपालका अधिकांश प्रदर्शकहरु तथा दर्शकले यो चलचित्रप्रति चासो बढेको बताएका छन् । यस्तै, यो चलचित्र हेर्नका लागि दर्शकहरुमा पनि निकै उत्साह देखिएको छ । मोफसल टुरमा कलाकार तथा मेकरसँगको भेटघाटका क्रममा दर्शकले यो चलचित्र हेर्नका लागि आतुर भएको बताए ।

बिर्तामोडको क्यूएफएक्स, दमकको डीम्याक्स, पाथीभरा लगायतका हल संचालकहरुले पनि यो चलचित्रलाई लिएर दर्शकमा चासो निकै रहेको बताएका छन् । चलचित्रलाई लिएर दर्शकको चासो निकै देखिएपछि निर्माणपक्ष पनि उत्साहित छ । यो चलचित्रको चैत्र ६ गते काठमाडौं र चैत्र ७ गते विर्तामोडमा प्रिमियरको तयारी समेत गरिएको छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, राजाराम पौडेल, दिव्य देव, गौमाया गुरुङ लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *