जेठ २५ मा साम्राज्ञी र निश्चलको ‘लन्डन टु पेरिस’

१ चैत २०८० ९:१२

निर्देशक घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्र ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुने भएको छ । निर्देशक लामिछानेले बिहीवार चलचित्रको पोस्टर सार्वजनिक गर्दै चलचित्र रिलिज मिति घोषणा गरेको हो ।

सार्वजनिक पोस्टरमा साम्राज्ञी र निश्चलले रोमान्टिक मुडमा लिपलक गरेका छन् । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र डेब्यू अभिनेता निश्चल खड्काको मुख्य भूमिका रहेको छ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य रहेको छ । चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको यो चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

ट्राभल लभस्टोरीको कथामा निर्माण गरिएको चलचित्रमा सनिश खकुरेल सह-निर्माता हुन् भने अंकित गौतम यसका कार्यकारी निर्माता हुन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले यो चलचित्रलाई अल नेपाल वितरण गर्नेछन् ।

अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी रहेको चलचित्रमा साम्राज्ञी तथा निश्चलका अलावा कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ। निश्चलका अलवा ‘लन्डन टु पेरिस’बाट गरिमाले नेपाली चलचित्र क्षेत्रमा डेब्यू गर्दैछिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *