दया र मिरुनाको ‘रङ्गेली’को ओभरसिज दिमान्ड

१ चैत २०८० ७:४८

फागुनको २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘रङ्गेली’को विदेशबाट ‘डिमान्ड’ बढेको छ। निर्देशक अर्जुन सुवेदीका अनुसार चलचित्रको अमेरिका, क्यानडा, जापान र कोरिया सँगै झण्डै दर्जन देशहरुमा माग बढेको हो।

अस्ट्रेलिया, यूरोप, हङकङ, भारत लगायतका देशहरूमा चलचित्र रिलिजको लागि त्यहाँस्थित वितरकहरूसँग अन्तिम चरणमा पुगेको हो । जापान र कोरियामा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ले यो चलचित्रलाई रिलिजको जिम्मा लिएका छन् । त्यस्तै मलेशिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा सुरज लम्साल र ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ले रिलिज गर्दैछन् ।

चलचित्र मलेशिया, दुबई, कतार, बहराइन, साउदी, ओमनमा हालै मात्र बिक्री भएको नेपाली चलचित्रका ओभरसिज वितरक समेत रहेका निर्देशक अर्जुन सुवेदीले बताए ।

चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ । चलचित्रमा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *