मलाई फरक भूमिकामा काम गर्न मन छ: वर्षा राउत

१ चैत २०८० ६:२४

आगामी चैत्र ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने चलचित्र ‘महाजात्रा’को ‘सम्पदा’को भूमिकामा वर्षा राउत छिन्। उनी अहिले यही चलचित्रको प्रचार प्रसारका लागि पुर्वी नेपालको झापामा पुगेकी छिन्।

यो चलचित्रको ‘सम्पदा’ एउटा संघर्षशिल महिला हुन् । ‘सम्पदा’को भूमिकामा देखिएकी वर्षाको चलचित्र भित्रको संघर्ष र मिहिनेत दर्शकको रोजाइमा परिसकेको छ । उनी यो चलचित्रमा श्रीमतीको भूमिकामा छिन् ।

चलचित्रमा ‘सम्पदा’को भूमिका निर्वाह गरेकी वर्षा भन्छिन् – ‘म आफूलाई फरक भूमिकामा प्रस्तुत गर्ने सोच बोकेर नै यो क्षेत्रमा आएकी हुँ । म नायिकाको रुपमा मात्र सीमित नभई कलाकार बन्ने सोच बोकेर आएको हुँ । यसैले, मलाई यी भूमिकाहरू गर्न नै हुँदैन भन्ने नै लागेन । अब भने मलाई यो भन्दा पनि अझै फरक र नयाँ भूमिका देखिन मन छ।’

प्रदीप भट्टराई निर्देशित यो चलचित्रले बक्स अफिसमा विष्फोटक व्यापार गर्ने अपेक्षा गरिएको छ । चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *