धरानमा ‘महाजात्रा’ टिमको ‘सिनेमा संवाद’

३० फागुन २०८० ५:१४

आगामी चैत्र ९ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने चलचित्र ‘महाजात्रा’को ‘महाकमेडी यात्रा’को टिम धरानमा पुगेको छ। चलचित्र टिमले कमेडी च्याम्पियनको टोलीसँग सहकार्य गर्दै अभिनेता हरिवंश आचार्यसहितको टोलीले हिजो २९ गते धरानमा ‘महाकमेडी यात्रा’गरेको हो। चलहित्र रिलिज डेट नजिकिदै गर्दा चलचित्र टिम प्रचारका लागि देश दौडाहामा छ । सोही अवसरमा चलचित्र पत्रकार संघ, सुनसरी शाखाको आयोजनामा स्थानीय सरकारसँग महाजात्राको टिमले सिनेमा संवाद गरेको हो ।

त्यसैक्रममा हिजो धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी बजेटमा नेपाली चलचित्र क्षेत्रलाई सम्बोधन गर्ने गरि बजेटमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाले धरानमा आयोजना गरेको ‘महाजात्रासँग स्थानीय सरकारः सिनेमा संवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा मेयर साम्पाङले यस्तो प्रतिबद्धता जनाएका हुन्।

कार्यक्रममा बोल्दै मेयर साम्पाङले नेपाली चलचित्रको बारेमा आफूले गम्भीर रुपमा सोचेको भन्दै कतिपय कुरामा बजेटको समस्या भएको बताए । तर, आफूले सक्ने काम गर्ने बाचा उनले गरे । साथै, उनले चलचित्र छायांकनका लागि सहज हुने गरि आफूले चाँडै नै सुटिङका स्थलहरू समावेश गरेर सानो डायरी सार्वजनिक गर्ने बताएका थिए।

कार्यक्रममा याक्थुम चलचित्रकर्मी महासंघका अध्यक्ष नबिन मेन्याङ्बो, अनाम रंगमञ्चका अध्यक्ष विजय सुब्बा, नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनक ऋषि राईले धरानमा नाटक र चलचित्रको समस्या र गर्नुपर्ने कामको विषयमा चर्चा चलेको थियो।

निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यो यात्रामा भट्टराईसहित निर्माता म्याक्स दीपेश खत्री, कलाकार हरिवंश आचार्य, रविन्द्रसिंह बानियाँ र वर्षा राउतको टोली छन् ।

दुई चरणमा हुने महाजात्रको यो दोस्रो चरणको यात्रा हो। दोश्रो चराको यात्रा आज ३० गते विर्तामोडबाट सुरू भई चैत्र १ गते इटहरी, ३ गते हेटौडा र ४ गते नारायणगढमा विभिन्न प्रस्तुतीका साथ हुनेछ।

‘महाकमेडी यात्रा’मा अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापासँगै कमेडी च्याम्पियनको तेस्रो सिजनका प्रतियोगीले तयार गरेका विभिन्न प्रस्तुतीमार्फत रोड शोमा दर्शकलाई मनोरञ्जन दिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *