खाडीमा भेट्ने वाचासहित ‘उपहार’को गीत रिलिज

२९ फागुन २०८० १३:३३

शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘उपहार’को नयाँ गीत रिलिज गरिएको छ। चलचित्र प्रदर्शन भएको ४ दिनपछि निर्माणपक्षले ‘खाडीमा भेटौंला’ बोलको गीत रिलिज गरेको हो।

रिलिज गरिएको उक्त गीतमा मोहन नेपालीको स्वर, अर्जुन पोखरेलको संगीत, प्रमोद ढुंगानाको शब्द छ भने गीतको भिडियोमा यो चलचित्रका मुख्य कलाकारहरु रेखा थापा, मुकुन भुषाल र राइडर प्रशान्त फिचर्ड छन् । यो गीतको भिडियोले प्लस टू सकेपछि भेट भएका साथीहरुले अबको भेट खाडीमा हुनेछ भनेर पोखेको बेदनालाई प्रस्तुत गर्छ।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रमा मित्र डी गुरुङको सम्पादन,अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद छ । चलचित्रमा सुलक्षण भारतीको कथा छ।

चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन, विष्णु कल्पितको छायांकन रहेको छ। सुलभ प्रतिक र समीक्षा देउजाको निर्माणमा तयार भएको चलचित्रका कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् ।

चलचित्रमा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतका कलाकारको अभिनय छ ।

चलचित्रलाई उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *