सुरुभयो नाजिर र सृष्टिको ‘केटी हराएको सूचना’को छायांकन

२९ फागुन २०८० १३:२१

निर्देशक दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा ‘केटी हराएको सूचना’को छायांकन सुरु भएको छ । स्क्रिप्ट पूजा गर्दै निर्माणपक्षले यो चलचित्र निर्माणको घोषणा गरेको केही समयमै चलचित्रको छायांकन सुरु गरेको हो।

नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको यो चलचित्रको काठमाडौँमा तीन दिन सुटिङ गरेर मंगलबारदेखि टोली धनुषा तर्फ प्रस्थान भएको हो। जनकपुरका विभिन्न क्षेत्रमा छायांकन गरिने यो चलचित्रको सुटिङ एक महिनासम्म चल्ने निर्माणपक्षले जनाएको छ। यो चलचित्र मार्फत नाजिर र सृष्टिले पहिलो सहकार्य गर्दैछन्। चलचित्रमा नकिम उद्दिमको लगानी छ।

ट्राइसिटि पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको यो चलचित्रलाई सन् २०२४ मै प्रदर्शन गर्ने निर्माणपक्षले बताएको छ । निर्देशक गौचनले करिब तीन दशक अगाडि बालविवाहको विषयमा टेलिसिरियल ‘उजेली’ निर्देशन गरेका थिए । उनी क्याम्बोडियन नागरिक हुन् । चलचित्रको छायांकार अम्बर महर्जन हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *