चैत्र २ गते केपी ओलीसँग राजेश हमालले ‘सिनेमा संवाद’ गर्ने

२८ फागुन २०८० १५:००

नायक राजेश हमालले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग ‘सिनेमा संवाद’ गर्नेभएका छन्। नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल(निफ)मा नायक हमालले चैत्र २ गते बिहान ११ बजेबाट १ बजेसम्म अध्यक्ष ओलीसँग संवाद गर्ने भएका हुन्।

अध्यक्ष ओली र हमालबीच हुने उक्त संवाद राष्ट्रिय सभा गृहमा हुने निफका अध्यक्ष केपी पाठकले जानकारी दिए । उनका अनुसार, दर्शकले निःशुल्क रुपमा यो संवाद सुन्न पाउनेछन् ।

महोत्सवको उद्‍घाटनको दिन गायिका आनी छोइङ डोल्माको ‘आनी छोइङ डोल्माः नथिङ इम्पोसिबल’ प्रदर्शन गरिनेछ । यो साल ४० देशका ८८ चलचित्र प्रदर्शन गरिने आयोजकले बताएको छ । ‘सिनेमा संवाद’चैत्रको १ गतेदेखि ५ गतेसम्म चल्नेछ।

महोत्सवमा निर्देशन शिल्प, नेपाली फिल्मको बजार, फिल्म समीक्षा र एआइको भविष्यसम्मको विषयमा छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *