‘बद्री बहादुर’को पहिलो गीत ‘पुलिस दाई’ सार्वजनिक

२८ फागुन २०८० ८:५३

निर्देशक शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘बद्री बहादुर’को पहिलो गीत ‘पुलिस दाई’ सार्वजनिक गरिएको छ। आज काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा शिवम् अधिकारीको शब्द, टंक वुढाथोकीको संगीत, टंक र मिलन नेवारको स्वरमा समावेश गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको भिडियोमा नायिका पूजा शर्मा र नायक सलोन बस्नेत प्रस्तुत छन्। साथमा, कलाकारहरू जयकिसन बस्नेत, राजिब बस्नेत र छुल्ठिम गुरुङलाई फिचर्ड गरिएको छ ।

कमेडी जनरामा निर्माण गरिएको यो चलचित्रका कार्यकारी निर्माता सञ्चारकर्मी रबि अधिकारी हुन्। एबी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको यो चलचित्रका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन्। चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिब बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन रहको छ।

रोहित रत्नको आरआर फिल्मसले नेपालभर प्रदर्शनको जिम्मा लिएको यो चलचित्रमा विनोद सापकोटाको छायांकन तथा समिर मिया सम्पादन र रामजी राउतको मुख्य सहायक निर्देशन छ। काठमाडौं, लमजुङ, धरान र संखुवासभाको विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिएको छ।

चलचित्रमा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको अभिनय रहेको छ। यही चलचित्रबाट एलिना गुरुङले नेपाली चलचित्रमा ‘डेव्यु’ गरेकी छिन् भने अभिनेत्री पुजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहेका छन् । चलचित्र चैत्रको २३ गतेबाट रिलिज हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *