बेलायतको राजधानी लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल इन लण्डन’ आयोजना हुने

२८ फागुन २०८० ८:१९

‘नेपाली फिल्म फेस्टिभल इन लण्डन २०२४’को आयोजना हुने भएको छ । बेलायतको राजधानी लण्डनमा दोस्रो पटक यो महोत्सव आयोजना हुन लागेको हो ।

आयोजकले गतबर्ष पनि यो महोत्सवमा भव्य रुपमा सम्पन्न गरेको थियो । थर्ड आई लिमिटेडका अध्यक्ष विकास देवकोटाले सात दिनसम्म यो महोत्सव चल्ने जानकारी दिए । महोत्सवमा १० वटा नेपाली चलचित्र प्रदर्शन गरिनेछ । बेलायतमा नेपाली चलचित्र फेस्टिभलको आयोजनाले नेपाली कला र संकृतिको प्रवद्र्धन हुने जानकारी दिदै भने–‘हामी नेपाली परिवेश र नेपाललाई चिनाउने फिल्म लण्डनमा देखाउने छौं । यसले नेपाली चलचित्रको बजार विस्तारमा टेवा पुर्याउनेछ । साथमा, नेपाली कला, संकृतिलाई पनि प्रवद्र्धन गर्नेछ ।’

यो महोत्सवले नेपाली फिल्म के–कस्ता बनिरहेका छन् भन्ने बारेमा समेत प्रवासी नेपालीलाई थाहा हुने र नयाँ नयाँ स्वाद बोकेका चलचित्र प्रदर्शन गर्दा विदेशी वजार समेत विस्तार हुने बताइएको छ ।

थर्ड आइले करिब ४० जना हारहारीमा चलचित्रकर्मी, पत्रकार र विभिन्न क्षेत्रका व्यक्तिहरु महोत्सवमा सहभागी हुने बताएको छ । महोत्सव जुन महिनामा आयोजना हुनेछ । आयोजकले यो महोत्सवको तयारी सुरु गरिसकेको बताएको छ । जुन ९ तारिखबाट सुरु हुने महोत्सव जुन १५ तारिखसम्म चल्नेछ ।

आयोजकले यो महोत्सवमा ५० वटा फिल्मको आवेदन पर्ने आशा गरेको छ । जसबाट दश वटा फिल्म मनोनयन गर्ने र पाँचलाई सम्मान गर्ने तयारी गरिएको छ । आयोजकले महोत्सवमा भाग लिन चाहने फिल्म मेकरले थर्ड आइको फेसबुक पेजमा गएर आवेदन दिन सक्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *