अष्ट्रेलियन नायिका सहित ‘रुमानी रङ्ग’मा पाँच विदेशी कलाकार भित्रिदै

२८ फागुन २०८० ५:२९

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लिसँग आविष्कार बाहु संचार प्रा.लिको सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘रुमानी रङ्ग’मा अष्ट्रेलियन नायिका सहित पाँच विदेशी कलाकारले काम गर्ने भएका छन्। हालसम्म २१६ जना अष्ट्रेलियन नागरिकले अनलाइन मार्फत आवेदन दिएसङै चलचित्रको दोस्रो नायिकामा अष्ट्रेलियन नागरिकलाई छनोट गरिने निर्माणपक्षले बताएको हो।

छिट्टै नै २१६ जनाबाट टप १० छानिने र उनीहरूमध्ये एक जनालाई दोस्रो मुख्य अभिनेत्री छनौट गरिनेछ। चलचित्रको अष्ट्रेलियाको लाइन प्रोड्युसर कम्पनी डीब्वाइज इन्टरटेनमेन्टले हेर्दैछन् ।

यो चलचित्रको मुख्य भूमिकामा भने नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह रहनेछन्। चलचित्रको अष्ट्रेलियाबाट चाँडै नै सम्पूर्ण कलाकारको छनौट गरिने निर्माणपक्षले जनाएकोछ।

निर्देशक योञ्जनले यो चलचित्रले प्रेमलाई कमेडीको लयमा भन्ने बताए । उनका अनुसार, चलचित्रले दुई परिवारको कथालाई प्रस्तुत गर्नेछ । भने, यो चलचित्रमा साम्राज्ञी शाह परिवारको छोरीको भूमिकामा देखिदैछिन् भने धिरज मगर परिवारको छोराको भूमिकामा देखिदैछन् ।

रोमान्टिक कमेडी कथामा निर्माण हुने यो चलचित्रको सम्पूर्ण छांयाकन अष्ट्रेलियामा हुनेछ। चलचित्रमा हरी लामा ठकुरी र जीएम ठकुरीको लगानी रहनेछ । जीएम ठकुरीको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रमा अनिलकै पटकथा तथा संवाद रहनेछ । कार्यकारी निर्माता ठकुरीको कथा रहेको चलचित्रमा महेश पौडेलको छायांकन रहनेछ।

चलचित्रको ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत छायांकन नेपालमा हुनेछ । आउँदो बर्षको वैशाख महिनाबाट यो चलचित्रको छायांकन सुरु गर्ने निर्माणपक्षको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *