आखिर किन चलाइयो ‘रङ्गेली’मा कैँची ?

२८ फागुन २०८० ४:४९

शुक्रबारबार रिलिजमा आएको चलचित्र ‘रङ्गेली’ माथी कैँची चलेको छ। चलचित्र रिलिज गरिएको ३ दिनपछि यो चलचित्रमाथी किन कट गरियो भन्ने धेरैलाई लाग्न सक्छ। दर्शकले चलचित्र निकै लामो भएको प्रतिक्रिया दिएपछि यो चलचित्र २१ मिनेट काटिएको हो ।

अब यो चलचित्र २ घण्टा ३० मिनेटको बनाइएको छ । यसअघि २ घण्टा ५१ मिनेट लामो थियो । जसले गर्दा दर्शकले हलमा चलचित्र हेर्न ३ घण्टा समय बिताउनुपर्थ्यो । रिलिजको ३ दिनपछि २१ मिनेट घटाइएपछि चलचित्र अझै राम्रो बनेको निर्देशक अर्जुनको भनाई छ । यो उनको पहिलो डेब्यु चलचित्र हो।

जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा कार्यकारी निर्माता रहेको यो चलचित्रलाई संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठले निर्माण गरेका हुन् । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका छ । चलचित्रको केमियो भूमिकामा अभिनेता आर्यन सिग्देल समेत देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *