‘द रेड सुट्केस’को प्रदर्शन मितिसँगै पोस्टर रिलिज

२७ फागुन २०८० १४:५४

चलचित्र ‘द रेड सुटकेस’को प्रदर्शन मिती सङै अफिसियल पोस्टर रिलिज गरिएको छ। आइतबार चलचित्रको अफिसियल पोस्टर सार्वजनिक गर्दै आगामी चैत ३० गतेलाई प्रदर्शन मित तय गरिएको हो।

सार्वजनिक पोस्टरमा शीर्ष कलाकारको क्यारेक्टर लुक्स प्रस्तुत गरिएको छ। ग्रामीण भेगको महिलाको भूमिकामा सृष्टि श्रेष्ठ प्रस्तुत छिन् भने सौगात मल्ल र विपिन कार्कीलाई पनि पोस्टरमा सङै देख्न सकिन्छ। यो चलचित्र भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भैइसकेको छ।

पिकअप ट्रकमा सामान र रातो सुटकेस लिएर जाने ड्राइभरको यात्राको कथामा तयार गरिएको यो चलचित्रले भेनिस प्रिमियरमा तीन मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।

फिडेल देवकोटा निर्देशित यो चलचित्रको निर्माता कम्पनी आइसफल प्रोडक्सनका लागि पछिल्लो केही वर्ष निकै रोचक लाइनअप देखिएको छ । आइसफलका दुई चलचित्र ऐना झ्यालको पुतली र हल्कारा नेपालबाट ओस्कारमा सिफारिस भएका थिए । चलचित्रको यसअघि स्वीट्जरल्याण्डको जुरिच फिल्म फेस्टिभलमा समेत प्रिमियर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *