चम्कियो पूजाको स्टारडम

२७ फागुन २०८० ९:१३

शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘उपहार’ले उत्साहजनक व्यापार गरेको छ। लामो समयपछि अष्टनारायण हलमा हजार दर्शकले एउटै शोमा एकसाथ चलचित्र हेर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

शुक्रबार र शनिबार आक्रामक व्यापार गरेको यो चलचित्रको रात्रीकालिन शोजहरु पनि हाउसफुल रहे । रातीको ११ बजेसम्म यस चलचित्रकी नायिका पूजा शर्मा, निर्देशक ज्ञानेन्द्र देउजा र वितरक करण क्रेजी चलचित्र हेरेर निस्किएका दर्शकहरु सँग भेटघाट गर्न हलमा पुगिरहेका थिए ।

सोसल ड्रामा जनरामा निर्माण गरिएको यो चलचित्र वितरण कम्पनी एफडीका प्रमुख छविराज ओझाले चलचित्रले दुई दिनमा एक करोड हाराहारीमा ग्रस कमाइ गरेको बताए । सोमबार पनि सार्वजनिक बिदा भएकाले पहिलो साताको कलेक्सन आकर्षक हुने अपेक्षा गरिएको छ।

यो चलचित्रले दर्शकको साथ र सपोर्ट पाइरहदा नायिका पूजा शर्माको कामको पनि तारिफ भइरहेको छ । यो चलचित्रमा नायिका पूजाले चुलबुले कमेडी क्यारेक्टरमा आफूलाई उभ्याएकी छिन् । अहिले हलमा पुगेका अधिकांश दर्शकले पूजा शर्माको यही भूमिकाको प्रशंसा गरिरहेका छन् ।

उनीहरुले, पूजा शर्माले निर्वाह गरेको भूमिकामा निकै नै रमाइलो रहेको बताए । हलमा पुगेका अधिकांश दर्शकले प्रशंसा गरेपछि पूजा पनि दंग छिन् । आफूले जोखिम मोलेर काम गरेको भन्दै अहिले सफल भएकोमा उनी खुशी देखिइन् । साथै, उनले आफ्नो बलियो स्टारडमलाई पनि पुष्टि गरेकी छिन् ।

शनिबार अष्टनारायण हलमा गाडीमा उभिएर फ्यानहरुलाई अभिवादन गर्दै गर्दा उनको क्रेज गज्जबको देखिएको थियो ।

निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित चलचित्रमा अभिनेत्री थापासँगै पूजा शर्मा, बेनिषा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पणजङ्ग कार्की, शिशिर राणा, सुष्मा कार्की, विनोदकुमार पौडेललगायत कलाकारले अभिनय छ ।

रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र वितरण काठमाडौँ उपत्यकामा करण श्रेष्ठ र उपत्यका बाहिर एफडी कम्पनीले गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *