दमौलीमा ‘सतीदेवी’को विशेष प्रदर्शन

२७ फागुन २०८० ७:४३

लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको चलचित ‘सतीदेवी’को विशेष प्रदर्शन गरिएको छ। दमौलीको क्यूएफएक्स सिनेमामा गरिएको विशेष प्रदर्शनीमा मध्यनेपाल नगरपालिका, लम्जुङका नगर प्रमुख रमेशकुमार पाण्डे, मध्यनेपाल नगरपालीका वडा नं ५ का अध्यक्ष ओमवीर गुरुङ, वडा नं ३ का अध्यक्ष केशव न्यौपाने, वडा नं ४ का अध्यक्ष रामबहादुर श्रेष्ठ, वडा नं ७ का अध्यक्ष हिराबहादुर गुरुङ र वडा नं ९ का अध्यक्ष महेशकुमार पाण्डे लगायत जनप्रतिनिधि तथा वडा नं ५ स्थिति लाफा गाउँ होमस्टे, श्री सृजनाशील एकता मगर समाजका प्रतिनिधिहरुका साथमा स्थानीयहरुको बाक्लो उपस्थिति थियो । विशेष प्रर्दशनिमा चलचित्र हेर्ने सबैले मनपरेको प्रतिक्रिया दिए ।

चलचित्र हेरेपछि नगर प्रमुख रमेशकुमार पाण्डेले ‘सतीदेवी’ मौलिक कथामा निर्माण गरिएकोले सार्वजनिक प्रदर्शन अगावै देश–विदेशमा चर्चा हुन सफल रहेको बताए । उनले ‘सतीदेवी’ लाई सम्पूर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा ‘सतीदेवी’को तर्फबाट निर्देशक सुवेदीले मेयर पाण्डे, वडा नं ५ का अध्यक्ष ओमवीर गुरुङ, स्थानीय श्री सृजनशील एकता मगर समाज, लाफा गाउँ होमस्टे, कलाकार इभन श्रेष्ठ, क्यूएफएक्स दमौलीलगायतलाई आभार पत्र प्रदान गरेका थिए ।

अधिकांश दृश्य मध्यनेपाल नगरपालिकाका वडा नं ५ लगायत विभिन्न स्थानमा खिचिएको र छायांकन तथा प्रबर्द्धनमा आफूहरूलाई निकै सहयोग मिलेकाले धन्यवाद स्वरूप शो आयोजना गरिएको निर्देशक सुवेदीले जनाए ।

दिलासा कृएसनले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गरेको चर्चामा दिलासा, सारा र श्रीदेवी सुवेदी निर्माता रहेका छन् ।

चलचित्रमा मलिका महत, हर्षिका वली, मञ्जिला बानियाँ, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सृजना अधिकारी, सन्दिपबाबु लोहनी, सुजीता शिवाकोटी, भोला सापकोटा, मनिषा सापकोटा, सन्देश लिम्बूलगायतका कलाकारको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *