‘पुजार सार्की’मा ‘मैत बहादुर’ प्रदीप

२७ फागुन २०८० ६:१६

अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘पुजार सार्की’को छायांकन यतिबेला चलिरहेको छ । यसैबिच प्रदीप खड्काको आइतबार जन्मदिन परेको छ । उनको जन्मदिनको शुभ अवसर पार्दै चलचित्रमा उनको भूमिकाको पात्र परिचय गराइएको छ ।

निर्देशक दिनेश राउतले उनले नाम ‘मैत बहादुर’ रहेको जनाउँदै पात्र परिचय दिने दुई वटा फोटो सार्वजनिक गरेका छन् । फोटोमा खड्का लामो कपाल पालेका, कालो टोपी पछाडि ढल्काएर लगाएका र पञ्चेबाजामा प्रयोग हुने प्रमुख बाजा ‘दमाहा’ बजाउँदै गरेको देखिएका छन् । फोटोले उनी बाजा बजाउने पात्रको रूपमा परिचय दिएको छ ।

जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । तर, निर्देशकले मैत बहादुरको थर भने खुलाएका छैनन् । यसको अर्थ प्रदीपले निभाएको चरित्र पहिचानको सङ्घर्षमा रहेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।


यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए । चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गर्दैछन्। चलचित्रको यसअगाडी एमएमएस इन्टरटेन्मेन्टले इन्टरनेसनल राइट्स खरिद गरिसकेको छ। महत्त्वाकाङ्क्षी चलचित्र ‘पुजार सार्की’को कास्की जिल्लाको कास्कीकोमा छायाङ्कन भइरहेको छ ।

चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायत अन्यकलाकारको पनि अभिनय छ। बराइलीले यसअघि चलचित्र ‘महापुरुष’मा अभिनय गरेकी थिइन् । परिक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’मा अभिनय गरेकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *