‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ घोषणा – ३५ विधामा अवार्ड प्रदान गरिने

२७ फागुन २०८० ५:१५

‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’को तेश्रो संस्करणको औपचारिक घोषणा भएको छ । काठमाडौँको बालुवाटार स्थित टाइम्स स्क्वायर होटलमा पत्रकार सम्मेलनमा औपचारिक घोषणा गरिएको हो । कार्यक्रम व्यवस्थापन संघका महासचिव एवं निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलको अध्यक्षता तथा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, नेपाल एयरलाईन्सका प्रमुख कार्यकारी अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यता थियो।

सन् १९८७ मा आफूहरुले संचालन गरेको रियालिटी शो लाई सम्झिदै प्रमुख अतिथि बास्कोटाले अवार्डका किसिमहरु धेरै भएपनि ‘ ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ जस्तो महत्त्वपूर्ण अवार्ड र अन्य अवार्डमा धेरै फरक पाएको र यस अघिका २ संस्करण भव्य रुपमा सम्पन्न भएको साक्षी आफु स्यंम पनि भएकाले अवार्डको गरिमा राख्न सफल भएकोमा आयोजक संस्थालाई वधाई दिएका थिए ।

यस्तै, महिला उद्यमी तथा समाजसेवी रमा प्याकुरेलले आगामी मे मा सम्पन्न हुने तेश्रो संस्करणको अवार्डको सफलताको शुभकामना दिदै अवार्डको माध्यमबाट देशको पर्यटन र आर्थिक विकासमा समेत योगदान दिने कुरामा आफु विश्वस्त रहेको बताईन ।

कार्यक्रममा बोल्दै आयोजक संस्था निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलले उक्त संस्थाले गरेको पहिलो र दोश्रो संस्करणको ग्यालेक्सि एक्सिलेन्स अवार्डको भव्य सफलता पश्चात देश विदेशबाट आएका सकारात्मक प्रतिक्रिया एवं अवार्डको गरिमाका विषयमा भएका टिका टिप्पणीले आफूहरू थप उर्जावान भएको बताए ।

कार्यक्रममा नेपाली गीत संगीत, कला संस्कृतिको विख्यात व्यक्तित्वं चलचित्र विकास वोर्डको पहिलो कार्यकारी एवं विश्वकै पहिलो रियालीटी शो प्रतिभाको डबलीका निर्माता निर्देशक तथा पहिलो म्यूजिक भिडियो निर्देशक प्रख्यात गायक संगीतकार शम्भुजित बास्कोटा, ग्यालेक्सि एक्सिलेन्स अवार्डका निर्देशक शिशिर टण्डन, नेशनल एकेडेमी अफ मेडिकल साईन्सका प्रवक्ता डा.विक्रम शाह,एन प्लस प्रोफेसनलका प्रबन्ध निर्देशक हितेश लिम्बानी, टाईम्स स्कवाएरका निर्देशक राजन ढकाल, नायक श्रीदेव भट्राई,लि डिभाईन,भारतका प्रमुख तथा ईभेन्ट डाईरेक्टर पुनम कौशिक, अर्का भारतिय ईभेन्ट व्यबस्थापक श्रुती सरल लगायत पेजेन्ट नेपालका प्रमुख एवं कार्यक्रम व्यवस्थापन संघका उपाध्यक्ष राज लुईटेल, शिक्षाविद् रमा प्याकुरेल लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

लामो समयदेखि आ आफ्नो क्षेत्रमा तल्लिन भई समाज र देशका लागि अतुलनीय योगदान दिने अग्रज स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद, पत्रकार, समाजसेवी, व्यवसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरुलाई उनिहरुले पुर्‍याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *