प्रदीप शाहीको ‘अनटाइटल’ चलचित्रमा प्रदीप खड्का अनुबन्धित

२७ फागुन २०८० ४:३८

साइ प्रोडक्सन नेपालको ब्यानर र ह्रयाम्साएर एकाउन्टेनको सहकार्यमा निर्माण हुने ‘अनटाइटल’ चलचित्रमा नायक प्रदीप खड्का अनुबन्धित भएका छन्। शनिबार निर्माण टिम र प्रदीपबीच सहकार्यका लागि संझौता भएको हो ।

लामो समयदेखि बेलायतमा बस्दै आएका निर्देशक प्रदीप शाहीले बनाउन लागेको यो चलचित्रलाई विनोद सुवेदी खत्री ‘क्षितिज’ले निर्माण गर्नेछन् । चलचित्रका लागि अन्य कलाकार र प्राविधिकको टुंगो चाँडै नै लगाउने निर्माणपक्षले बताएको छ ।

साई–फाई जोम्बी थ्रिलर जनरामा निर्माण गरिने यो चलचित्रको कथा निर्देशक शाहीले नै लेखेका हुन् । प्रदीपले चलचित्र ‘गोर्खा बिनिथ द ब्रेभरी’ निर्देशन गरेका थिए । नायक खड्का यतिबेला चलचित्र ‘पुजार सार्की’को छायांकनमा व्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *