‘रङ्गेली’ सिक्वेलमा आर्यन सिग्देलको धमाकेदार इन्ट्री

२७ फागुन २०८० ४:२२

शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘रङ्गेली’को सिक्वेल निर्माण हुने भएको छ। चलचित्रको दोश्रो सिक्वेलमा नायक आर्यन सिग्देल हुनेछन्। किनकी ‘रङ्गेली’ चलचित्रको अन्त्यमा उनको अप्रत्याशित एन्ट्री भएको छ । चरित्र चित्रण हेर्दा, चलचित्रमा आर्यन सिग्देल भिलेनको रुपमा प्रस्तुत हुनेछन् ।

चलचित्रको इन्डिङमा उनको ग्याङस्टर लुक्समा धमाकेदार इन्ट्री छ। दाजुको हत्याको बदला लिन उनी ग्याङस्टर लुक्समा प्रवेश गरेको बुझ्न सकिन्छ। सिक्वेलमा दयाहाङ राई र आर्यन सिग्देलको प्रतिस्पर्धा हुने देखिएको छ । चलचित्रको अन्तिममा नयाँ कलाकारको प्रवेश गराउँदै दर्शकलाई थप सरप्राइज समेत दिएका छन् । यसले, दर्शकका लागि यी तिनै चलचित्रको दोस्रो सिक्वेलको प्रतीक्षा रहने निश्चित छ ।

चलचित्रमा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत, सुशन प्रजापतिको छायांकन छ । जितेन्द्र खतिवडा र अनुज जंग थापा कार्यकारी निर्माता रहेको चलचित्रको संसार चौलागाई र रमेश भट्टराई निर्माता हुन् । युवक कार्की र शिव शंकर चौलागाई सह–निर्माता रहेको चलचित्रमा विवेक खड्का एसोसियट निर्माताको रुपमा छन्।

दया र मिरुनाको अलावा चलचित्रमा अर्पण थापाको मुख्य भूमिका छ । चलचित्रमा प्रवीण खतिवडा, रमेश वुढाथोकीको पनि अभिनय छ । दुई घण्टा ५५ मिनेट लामो यो चलचित्रलाई निर्देशक अर्जुन सुवेदी निर्देशन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *