आकस्मिक घटना भयो भन्दै एलिनाले मागिन् साउण्ड टेक्निसियनसँग माफी

२६ फागुन २०८० १४:५३

एलिना चौहानले मागिन् साउण्ड टेक्निसियनसँग माफी

गत साता पर्वतमा भएको तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवको क्रममा गायिका एलिना चौहान र साउण्ड टेक्निसियनबीच ‘लाइभ कन्सर्ट’मै चर्काचर्की भएको थियो।

उक्त घटनालाई लिएर एलिनाले जवाफ फकाउँदै –‘पहिला तपाइको त्यो बोल्ने ढंग सुधार गर्नु है बुझ्नुभयो ? आफ्नो गल्ती छ, यहाँ आएर एकचोटी उफ्रेर हेर्नु त । तपाइले मलाई सिकाउनु पर्दैन । बुझ्नु भयो । नाच्न जान्दैन आँगन टेडो भनेको यही हो क्या । मिलाउन आउँदैन । लाज लाग्दैन यस्ता बोल्नलाई ।’ भन्दै प्रतिवाद गरेकी थिइन् ।

त्यसपछी गायिका एलिना सो स्टेज बाट आफ्नो सांगीतिक प्रस्तुति नदिइकन बाहिरिएकी थिइन्। त्यसको केही दिनपछि ६ साउण्ड सिस्टम व्यवसायीहरूले एलिना सहभागी हुने कुनै पनि कार्यक्रममा साउण्ड सिस्टम नै उपलब्ध नगराउने चेतावनी दिएका थिए । यसपछि, एलिनाले सामाजिक संजालबाट माफी माग्दै एउटा स्टाटस पोस्ट गरेकी छिन्।

उनले सामाजिक संजालमा लेखेकी छिन्–‘गत हप्ता पर्वतको एउटा सांगीतिक कार्यक्रममा प्रस्तुतिका लागि पुग्दा त्यहाँ एउटा आकस्मिक घटना हुन पुग्यो, जुन हुन नपर्ने थियो । सो घटनामा तत्कालीन समयमा म आवश्यकता भन्दा बढी प्रतिकारात्मक देखिन पुगेको प्रति आत्मालोचना गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *