अगस्त्य: दोश्रो सातामा पनि उस्तै क्रेज

२६ फागुन २०८० ६:११

निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र ‘अगस्त्य च्याप्टर १’ दोस्रो सातामा प्रवेश गरेको छ । चलचित्रले पहिलो सातामा बक्सअफिसमा उत्साहजनक व्यापार गरेको बताइएको छ । दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का साथ काठमाडौं उपत्यकासँगै मोफसलमा दोस्रो सातामा पनि राम्रो व्यापार गरिरहेको छ ।

देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं र मोफसलका स्टेशनसहित बिग मुभिज्, वान् सिनेमाज्, सिडिसी सिनेमाज्, पोखराको मिडटाउन सिनेमाज्, धरानको फ्रेन्ड्स सिनेमाजमा पनि दर्शकको उपस्थिति दोस्रो सातामा पनि सुखद् देखिन्छ ।

साथै, दोस्रो सातामा प्रवेश गरेको उपलक्ष्यमा निर्माण टिमले चलचित्रको ‘रोइ रहुँ जस्तो लाग्छ’ बोलको गीत सार्वजनिक गरेको छ । एसडी योगीको स्वर तथा संगीत रहेको गीतमा राम अविरल विष्टको शब्द छ ।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको चलचित्रमा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *