नेपाल आइडलको पाँचौँ संस्करण सुरु – पहिलो एपिसोडमा विर्तामोड अडिसन प्रस्तुत

२६ फागुन २०८० ५:०५

नेपाल आइडलको पाँचौँ संस्करण शुक्रबारदेखि प्रसारण भएको छ। बेलुकी साढे ८ बजे एपीवान टेलिभिजनबाट प्रसारण भएको नेपाल आइडलको पहिलो एपिसोडमा विर्तामोड अडिसन प्रस्तुत गरिएको हो। सात प्रदेशका आठ सहरमा अडिसन भएको यो सिजनले दर्शकलाई भरपुर मनोरञ्जन दिने र नेपाली संगीत क्षेत्रका लागि असाध्यै प्रतिभावान गायक गायिका खोजी गर्ने आयोजक टिमले जनाएको छ।

आसिफ शाह र रीमा विश्वकर्मा प्रस्तोता रहेको पाँचौँ संस्करणको जजमा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा छन्। प्रत्येक साता शुक्रबार र शनिबार बेलुकी साढे ८ देखि १० बजेसम्म प्रसारण हुने यो सिजन अन्य सिजनभन्दा अली फरक र रमाइलो हुने बताइएको छ।

नेपाल आइडलले अन्य रियालिटी शोहरु भन्दा फरक र छुट्टै पहिचान बनाएको छ । ‘सिजन ५’ मा ‘सिजन २’ का प्रस्तोता र जजहरु एक भएका छन् । त्यसैले पनि यो सिजनको चर्चा राम्रो भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *