वैशाख दोस्रो सातादेखि ‘छक्कापञ्जा ५’ को छायांकन सुरु

२५ फागुन २०८० ६:१८

आगामी दशैंमा प्रदर्शन गरिने चलचित्र ‘छक्कापञ्जा ५’ को छायांकन वैशाखको दोस्रो सातादेखि गरिने निर्माणपक्षले जनाएको छ। पोखरा लगायतका आसपास छायांकन गरिने यो चलचित्रको निर्देशन दीपाश्री निरौलाले गर्नेछिन्।

अभिनेता तथा निर्माता दीपकराज गिरी यतिबेला चलचित्रको स्क्रिप्ट लेखिरहेका छन् । चैत मध्यतिर स्क्रिप्टलाई टुंग्याउने उनको तयारी छ । यदी स्क्रिप्ट टुंङ्गिएको खण्डमा वैशाख दोस्रो सातादेखि छायांकन सुरु हुने बताउछन्।

पाँचौं श्रृंखलासम्म आइपुदा यो चलचित्रमा उँही कलाकार दोहोरिने हो या होइन भन्ने प्रश्नमा- ‘अहिलेसम्म हामी दुईजना मात्र निश्चित छौं । अन्य कलाकार तय छैनन्,’ गिरीले भने । चलचित्रको पाँचौं श्रृंखलाको कास्टिङमा अभिनेता गिरी र केदार प्रसाद घिमिरे ‘माग्नेबुढा’ भने निश्चित भैइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *