फ्राइडे रिलिज : हलमा ‘उपहार, रङ्गेली र काँडेतार’को भिडन्त, कस्ले मार्ला बाजी ?

२५ फागुन २०८० ४:४३

आज शुक्रबारबाट ‘उपहार, रङ्गेली र काँडेतार’ गरी तीन नेपाली चलचित्र सार्वजनिक प्रदर्शनमा आएको छ। निर्देशक ज्ञानेन्द्र देउजाद्वार निर्देशित चलचित्र ‘उपहार’ यस्तै, अर्जुन सुवेदीको डेब्यू निर्देशनमा तयार भएको चलचित्र ‘रङ्गेली’ र नवल खड्काको निर्माण, निर्देशन तथा अभिनय रहेको चलचित्र ‘काडेतार’ हो।

‘उपहार’ – समसामयिक विषयवस्तुमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘उपहार’हो । यो चलचित्रमा मोफसलबाट काठमाडौँ आएर सङ्घर्ष गर्नेको कथालाई महिला पात्रमार्फत चित्रण गरिएको छ। चलचित्रमा अभिनेत्री थापासँगै पूजा शर्मा, बेनिषा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पणजङ्ग कार्की, शिशिर राणा, सुष्मा कार्की, विनोदकुमार पौडेललगायत कलाकारले अभिनय छ ।

रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र वितरण काठमाडौँ उपत्यकामा करण श्रेष्ठ र उपत्यका बाहिर एफडी कम्पनीले गर्दैछ ।

‘रङ्गेली’ – ग्याङस्टारबिच हुने लडाइको कथालाई उठान गरिएको चलचित्र ‘रङ्गेली’हो। अर्जुन सुवेदीको डेब्यू निर्देशनमा तयार यो चलचित्रमा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत, सुशन प्रजापतिको छायांकन छ । जितेन्द्र खतिवडा र अनुज जंग थापा कार्यकारी निर्माता रहेको चलचित्रको संसार चौलागाई र रमेश भट्टराई निर्माता हुन् । युवक कार्की र शिव शंकर चौलागाई सह–निर्माता रहेको चलचित्रमा विवेक खड्का एसोसियट निर्माताको रुपमा छन्।

दया र मिरुनाको अलावा चलचित्रमा अर्पण थापाको मुख्य भूमिका छ । चलचित्रमा प्रवीण खतिवडा, रमेश वुढाथोकीको पनि अभिनय छ ।

‘काडेतार’ -नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र हो। यो चलचित्रमा नवल खड्काको साथमा गौरव पहारी, रेबिका गुरुङ, सुरबिना कार्की लगायतको अभिनय छ ।

यी तीन चलचित्र हलमा एकसाथ रिलिज हुँदा हल विभाजनमा पनि समस्या भएको छ । यी चलचित्रहरुले हलमा कम शोज पाएका छन् । जसका कारण चलचित्र निर्माणपक्षले घाटा पक्कै बेहोर्नुपर्ने हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *