जेठ १० मा रिलिज हुने भयो पूजाको ‘दान्भी’

२५ फागुन २०८० २:२६

भारतको छायांकन सेड्यूल सकेपछि चलचित्र ‘दान्भी’को निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको छ । महाशिवरात्री र अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर चलचित्रको प्रदर्शन मिति तय गरिएको हो ।

यो चलचित्रलाई आउँदो बर्षको जेठ १० गतेबाट रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको छ । जेठ १० गते बुद्ध जयन्तीको सार्वजनिक बिदा परेकाले पनि यो चलचित्र बिहिबारबाट नै हलमा लाग्नेछ ।

एक्सनप्रधान यो चलचित्रको शिर्ष भूमिकामा नायिका पूजा शर्माले काम गरेकी छिन् । चलचित्रको टिजर सार्वजनिक भएसँगै पूजाको एक्सनको चर्चा भइरहेको छ ।

चलचित्रमा पूजाको साथमा नायक कुन्साङ बोमजम, किरण श्रेष्ठ लगायतको मुख्य भूमिका छ । देव मगर, अनुप गडाल निर्माता रहेको चलचित्रमा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रमा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् ।

चलचित्रको एक्सनसँगै कथावस्तु पनि उत्कृष्ट बनेकाले दर्शकले रुचाउने विश्वास निर्माणपक्षको छ । रुपेश तामाङको निर्देशनमा यो चलचित्र तयार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *