निर्देशक शोभित बस्नेतकी छोरी सलिना बस्नेत अभिनयमा आउने भएकी छन् । विगत लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएकी उनले डकुड्रामा सिरिज ‘हामी छौं’बाट अभिनयमा डेब्यू गर्न लागेकी हुन् ।
सलिना स्वयंको निर्माण रहने यो ड्रामाका लागि उनी बैशाखमा नेपाल आउने भएकी छिन् । सलोन सलिना फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको यो ड्रामामा सलिनासँगै आर्यन पौडेलको पनि अभिनय रहनेछ । यो ड्रामाका निर्मातामा आर्यन पनि छन्।
५० लाख बजेटमा निर्माण गरिने डकुड्रामाका लागि निर्देशक भने निश्चित भैसकेका छैनन् । सलिनाका अनुसार, नाम चलेकै निर्देशक लिने तयारी भैरहेको छ । सात एपिसोड रहने डकुड्रामाको हरेक एपिसोडमा अलग-अलग निर्देशकले निर्देशन गर्नेछन् ।
ग्रामीण क्षेत्रको कथालाई उठाउन लागिएको यो ड्रामामा शम्भुजित बाँस्कोटा संगीत रहनेछ भने आनन्द अधिकारीको शब्द रचना छ ।