कुमारीपाटीमा हिमालयन जाभाको शाखा सुरू – मह जोडीद्वारा ग्राण्ड ओपनिङ

२४ फागुन २०८० ५:४५

कुमारीपाटीमा हिमालयन जाभाको शाखा सुरू गरिएको छ । कुमारीपाटीमा सञ्चालनमा ल्याइएको जाभाको वरिष्ठ कलाकार मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)ले मंगलबार ग्राण्ड ओपनिङ गरेका हुन् ।

यमन श्रेष्ठले सञ्चालनमा ल्याएको हिमालयन जाभाको पहिलो आउटलेट कमलादीस्थित स्काइ टावरमा छ । जाभामा मदनकृष्णका छोरा यमन, राजकुमार श्रेष्ठ र एमएस काप्रीको लगानी छ ।

ओपनिङ समारोहमा किरण केसी, शिव श्रेष्ठ, धिरन शाक्य, जितु नेपाल, पूजा शर्मालगायतको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *