‘रङ्गेली’लाई मोरङका मेयर दिलीपकुमारको शुभकामना

२३ फागुन २०८० ९:३०

निर्देशक अर्जुन सुवेदीको लेखन र निर्देशन रहेको चलचित्र ‘रङ्गेली’लाई मोरङको रङ्गेली नगरपालिकाका मेयर दिलीपकुमार अग्रवाल (बगडिया)ले सफलताको शुभकामना दिएका छन् । सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफूले नेतृत्व गरिरहेको नगरपालिकाको नामबाट निर्माण भएकोमा खुशी व्यक्त गरे।

मेयर दिलीपकुमारले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण तथा प्रचुर सम्भावना रहेको यो चलचित्रको सफलताको कामना गरेका छन् । उनले चलचित्र मार्फत रङ्गेलीलाई चिनाउने काम गरेकोमा निर्माण टिमलाई धन्यवाद दिए।

यही शुक्रबारबाट रिलिज हुने यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *