स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’को छायांकन सुरु

२३ फागुन २०८० ८:०२

निश्चल बस्नेत र स्वस्तिमा खड्काको निर्माण तथा अभिनय रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’ को छायाँकन सुरु गरिएको छ। बुधबार चितवनस्थित मेघौली गाउँको एक मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो।

निश्चल र स्वस्तिमाको मुख्य भूमिका रहेको यो चलचित्रको सम्पूर्ण छायांकन मेघौली गाउँमा नै गर्ने निर्माणपक्षले जनाएको छ। भने, यसै चलचित्र बाट नायिका स्वस्तिमा खड्का निर्मात्री बनेकी हुन् । यो उनको पहिलो निर्माण हो।

ब्याक हर्स पिक्चर्स र मघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन रहनेछ। आकाश र साजन दुवैले यो चलचित्रबाट निर्देशमा डेब्यु गर्दैछन्।

आगामी वर्ष २०८१ को दशैंमा प्रदर्शन गर्ने तयारी गरिएको यो चलचित्रको कार्यकारी निर्माता शंकर पाण्डे र फिरोज खड्का हुन् । चलचित्रमा आकाश र साजनको संयुक्त लेखन छ । आकाशले यसअघि निश्चल निर्देशित चलचित्र ‘दिमाग खराब’को स्क्रिप्ट लेखेका थिए ।

चलचित्रमा विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतका कलाकारहरुको अभिनय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *