श्रीषा कुँवरको ‘त्यत्तिकै छोड’ रिलिज – भिडियो

२३ फागुन २०८० ६:१७

नायिका श्रीषा कुँवरको स्वरमा ‘त्यत्तिकै छोड’ बोलको गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा शब्द संगीत जोन चाम्लिङको छ भने एरेन्ज केन्देन लिम्बुले गरेका छन् ।

म्यानमारकी मोडल ‘नान पो’को अभिनय रहेको यो गीतको छायाँकन मकाउमा गरिएको हो। भिडियोमा तुला पर्वतको छायांकन, सम्पादन तथा निर्देशन रहेको छ । निर्देशक तुलाले यसअघि पनि मकाउका विभिन्न रमणीय स्थानहरुमा नेपाली म्युजिक भिडियो छायांकन गरेर अन्तर्राष्ट्रिय बजारमा नेपाली गीत संगीतलाई पुर्‍याउने काम गरेका छन् ।

गायिका श्रीषा मोडल पनि हुन् । उनले २ दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *