नेतादेखि चलचित्रकर्मी सबैले हेरे ‘काँडेतार’

२३ फागुन २०८० ६:०३

निर्देशक नवल खड्काको निर्देशनमा तयार भएको चलचित्र ‘काँडेतार’को प्रिमियर सम्पन्न भएको छ। मंगलबार बेलुकी विश्वज्योती हलमा आयोजना गरिएको उक्त प्रिमियर हेर्न नेतादेखी चलचित्रकर्मीको बाक्लो उपस्थिति थियो।

नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्ने विषयमा आधारित रहेर निर्माण गरिएको यो चलचित्रको प्रिमियरमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पुगेका थिए । त्यस्तै, कलाकार, पत्रकार लगायत अन्य व्यतिहरु पनि चलचित्र हेर्न पुगेका थिए।

त्यस्तै, नेता खनालले–‘यस्तो चलचित्र अहिले ३ करोड नेपाली जनतालाई चाहिएको छ । म नेपाली राजनीतिमा लागेदेखि नै नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मान्यता राख्छु । यसैले, मलाई प्रधानमन्त्री पदमा बस्न दिएनन् । यो चलचित्र सबै नेपालीले हेर्नुपर्छ।’

चलचित्र हेरेपछि अधिकांशले राष्ट्रियताको विषयलाई गम्भीर रुपमा उठान गरिएको भन्दै चलचित्रको प्रशंसा गरेका थिए । चलचित्रमा निर्देशक नवल खड्काको साथमा गौरव पहारी, सुरबिना कार्की, रेबिका गुरुङ, मुरलिधर लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *